१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कोसी अस्पतालमा उपचाररत ६२ वर्षीय संक्रमितको मृत्यु

देवनारायण साह

मोरङ — कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोसी अस्पतालमा उपचाररत ६२ वर्षीय संक्रमितको मृत्यु

विराट मेडिकल शिक्षण अस्पतालमा उपचाररत उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार श्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड–१९ उपचार केन्द्रमा रेफर गरिएको केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । बस्नेतका अनुसार ती व्यक्तिमा मधुमेहको समस्या थियो ।

प्रकाशित : आश्विन १८, २०७७ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?