कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर वितरण गर्ने समूह पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — महानगरीय प्रहरी वृत्त कालीमाटीले म्याद गुज्रिएका सामग्रीमा नयाँ मिति टाँसेर वितरण गर्दै आएको एक समूहलाई पक्राउ गरेकाे छ ।

म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर वितरण गर्ने समूह पक्राउ

वृत्तले कलंकीस्थित एक घरबाट म्याद गुज्रिएका चक्लेट, बेकरी बनाउने पिठो, चक्लेट र बेकरी आइटमममा प्रयोग गरिने रंगलगायतका सामग्रीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

दुई तलाकाे घरमा ठूलो परिमाणमा यस्ता सामान रहेको प्रहरीले बताएकाे छ ।

प्रहरीले अकाउन्टेन्ट अनिलकुमार, प्रविनकुमार, आनन्द अवस्थी, सुमित अग्रवाल, किरणदेवी अग्रवाललगायत पाँच जनालाई पक्राउ गरेकाे छ । उनीहरूबाट म्याद गुज्रेकाे तेल पनि बरामद गरिएकाे प्रहरीले बताएकाे छ ।

प्रकाशित : आश्विन १८, २०७७ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?