सुनिता पुनमगरलाई सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — १५ वर्षदेखि ललितपुरमा इँटाभट्टामा काम गर्दै आएकी र लकडाउनपछि काम नपाउँदा आफ्ना जुम्ल्याहा छोराछोरीका लागि खाना खोज्दै हिँडेकी रोल्पाकी सुनिता पुनमगरलाई शनिबार सहयोग गरिएको छ । उनलाई ललितपुरको गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडा अध्यक्ष मिलन सिलवालले सहयोग हस्तान्तरण गरेका छन् । 

सुनिता पुनमगरलाई सहयोग

'नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रवक्ता विश्वप्रकाश शर्माले मलाई सम्पर्क गरी सहयोग गर्ने कुरा व्यक्त गर्नुभयो, सोहीअनुरुप विश्व दाइ र मेरो सहयोगमा दुई महिनालाई पुग्ने राहत प्रदान भयो,' उनले सामाजिक संजालमा सहयोगबारे लेखेका छन् । साथै लकडाउनका कारण कोही समस्यामा भए सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

आफ्ना तीन महिनाका जुम्ल्याहा सन्तान बोकेर खाना माग्दै हिँडेकी २७ वर्षीया सुनिताको तस्बिर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो ।

प्रकाशित : आश्विन १७, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?