बहराइनका राजकुमार लोबुचे हिमालको चुचुराेमा

कुम्भराज राई

ओखलढुंगा — बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका छन् । शनिबार बिहान ८ बजेर ५० मिनेटमा राजकुमारको टोली ६ हजार १ सय १९ मिटर अग्लो लोबुचेको शिखरमा पुगेको हो ।

बहराइनका राजकुमार लोबुचे हिमालको चुचुराेमा

सेभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका खलिफाका साथमा माउन्टेन गाइड मिङ्मा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली शिखरमा पुगेको सेभेन समिटका निर्देशक दावा शेर्पाले बताए । सेभेन समिटले आफ्नो फेसबुक पेजमार्फत पनि राजकुमारको टोलीले लोबुचेको सफलतापूर्वक आरोहण गरिएको जनाएको छ । खलिफाले अब गोरखाको मनास्लु हिमाल आरोहण गर्नेछन् । उक्त टोलीले अक्टोबर १५ देखि २० भित्र मनास्लु आरोहण गर्ने अहिले मनास्लु आधारशिविरमै रहेका सेभेन समिटका निर्देशक दावाले बताए ।

बहराइनबाट आरोहणका लागि १८ जनाको टोली आएको थियो । सन् २०२० लागेयता नेपालका कुनै पनि हिमाल आरोहण भएको यो पहिलोपटक हो ।

प्रकाशित : आश्विन १७, २०७७ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?