३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बीपी प्रतिष्ठानमा कोरोनाबाट २८ वर्षीया महिलाको मृत्यु

प्रदीप मेन्याङबो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार बिहान कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

बीपी प्रतिष्ठानमा कोरोनाबाट २८ वर्षीया महिलाको मृत्यु

मृतक सुनसरीको इनरुवा नगरपालिका–४ बस्ने २८ वर्षीया महिला भएको प्रतिष्ठानले जनाएको छ । योसहित प्रतिष्ठानमा उपचाररत अवस्थामा मृत्य भएका कोरोना संक्रमितको संख्या ४० पुगेको छ भने सुनसरीमा ११ जना पुगेको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उपचारको क्रममा कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । असोज ८ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई कुनै दीर्घरोग नभएको पनि प्रतिष्ठानले जनाएको छ । मृतक महिलाको शवको व्यबस्थापन स्वास्थ्य प्रोटोकल अनुसार भइरहेको छ ।

प्रकाशित : आश्विन १७, २०७७ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?