कोसी अस्पतालमा ६८ वर्षीया कोरोना संक्रमितको मृत्यु

देवनाराण साह

विराटनगर — कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगरकी कोरोना संक्रमित एक ६८ वर्षीया कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ ।

कोसी अस्पतालमा ६८ वर्षीया कोरोना संक्रमितको मृत्यु

विराटनगर महानगरपालिका–३ घर भएकी ती महिलालाई कोरोना संक्रमण देखिएपछि असोज ११ गते उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

श्वासप्रश्वासको समस्याका साथै शरीरमा अक्सिजनको मात्रा कम भएकाले उपचार गर्दा गर्दै पनि बचाउन नसकिएको उपचार केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कार्यालय मोरङ प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

प्रकाशित : आश्विन १७, २०७७ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?