१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

डाक्टर केसीको माग सरकारले वार्तामार्फत सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले अनशनरत डाक्टर गोविन्द केसीलाई भेटेका छन् । चिकित्सा क्षेत्रको सुधारलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत वरिष्ठ चिकित्सक केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

डाक्टर केसीको माग सरकारले वार्तामार्फत सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति यादवले डाक्टर केसीले सत्याग्रहमार्फत जनताको माग उठाएकाले सरकारले वार्तामाफत समस्या समाधान गर्नुपर्ने बताए ।

पूर्वराष्ट्रपति यादवले भने, ‘डाक्टर केसीले प्राणकै आहुति दिन तयार भई जनताको माग उठाउनु भएको छ । सरकारले पनि वार्तामार्फत नै यसको समस्या समाधानका लागि पहल गर्नुपर्छ ।’

पूर्वराष्ट्रपति यादवले सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उदाहरण दिए । केसीको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै ऐक्यबद्धता जनाउन विगतमा पनि आएको र आज अहिंसा दिवसको संयोग परेको पनि यादवले सुनाए ।

डाक्टरको केसीको स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै पूर्वराष्ट्रपति यादवले राष्ट्रकै अमूल्य सम्पत्तिका रुपमा रहेका केसीको ज्यान बचाउन आग्रह गरे ।

केसीको हेरचाह गर्नेदेखि उपचार गर्ने सबैको प्रशंसा गर्दै सरकारलाई गम्भीर भएर सोच्न पनि पूर्वराष्ट्रपति यादवले आग्रह गरे ।

प्रकाशित : आश्विन १६, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?