१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अर्घाखाँचीका प्रजिअ र सहायक प्रजिअलाई कोरोना

वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रजिअ विक्रम थापा र सुरक्षा गार्डलाई समेत कोरोना संक्रमण देखिएको छ ।

अर्घाखाँचीका प्रजिअ र सहायक प्रजिअलाई कोरोना

सन्धिखर्क नगरपालिकाको भुजुंगे र शीतगंगा नगरपालिका–१२ को कोठिया मैदानका पहिरोपीडितलाई राहत वितरण गरेर फर्केपछि ज्वरो र रुघाखोकी लागेका प्रजिअ पौडेलको बिहीबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । स्वाब परीक्षणका लागि कोभिड–१९ परीक्षण प्रयोगशाला गुल्मी पठाइएको थियो । सहायक प्रजिअ थापालाई भने अहिलेसम्म लक्षण देखिएको छैन ।

दुई दिनसम्म पहिरोस्थल भुजुंगे र कोठिया मैदानमा स्थलगत अनुगमन गरेकोमा राहत वितरण गरेको दिनबाटै ज्वरो, रुघाखोकी र शरीर दुख्ने समस्या देखिएपछि पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको पौडेलले बताए । अहिले पौडेल र थापा दुवै जना होम आइसोलेसनमा छन् ।

अर्का सहायक प्रजिअ विनोद खनाललगायत कर्मचारीले सामाजिक दूरी कायम गरेर जिल्ला प्रशासनको काम निरन्तर राख्ने थापाले बताए ।

प्रकाशित : आश्विन १६, २०७७ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?