धुलिखेल अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

नगेन्द्र अधिकारी

काभ्रे — धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महाभारत–२ गोकुलेका २८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । तीन–चार दिनदेखि ज्वरो देखिएपछि विकट मानिने डाँडापारि क्षेत्रबाट हेलिकप्टरमा धुलिखेल ल्याइएका उनको बुधबार मृत्यु भएको थियो ।

धुलिखेल अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । ‘ज्वरोलगायत समस्या देखिएपछि ३–४ दिनदेखि खानीखोला गाउँपालिका–४ स्थित मेडिकलमा उपचार गरेका रहेछन्,’ झाले भने, ‘हेलिकप्टरमार्फत अस्पताल ल्याएको केही समयमै उनको मृत्यु भयो, स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका लागि मृतकको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखियो ।’

अस्पतालले शव भने परिवारलाई जिम्मा लगाइसकेको छ । परिवारले कोरोना परीक्षण गराउनसमेत आनाकानी गर्दै शव लैजान दबाब दिएपछि सामाजिक दूरी कायम गर्ने, सीमित व्यक्ति मात्रै सहभागी हुने सर्तमा जिम्मा लगाइएको अस्पतालले जनाएको छ । परिवारले पनौतीमा युवकको अन्तिम संस्कार गरेको छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले मृतक युवकको सम्पर्कमा रहेकाहरूको स्वाब संकलनका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको बताए ।

प्रकाशित : आश्विन १६, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?