१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कोरोनाबाट भैरहवामा एकको मृत्यु

माधव ढुंगाना

भैरहवा — कोरोनाबाट बिहीबार भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा एक व्यक्तिको मृत्यु भएको छ ।

कोरोनाबाट भैरहवामा एकको मृत्यु

अस्पतालका सूचना अधिकारी सुशिल गुरुङका अनुसार सिद्धार्थनगर नपा–१ बेलहिया निवासी ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

निमोनियाबाट पीडित ती पुरुष कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा गत सोमबार अस्पतालमा भर्ना भएका थिए ।

गुरुङका अनुसार युनिभर्सल शिक्षण अस्पतालमा हाल ९ जना कोरोना संक्रमित बिरामी उपचारार्थ छन् । जसमध्ये, ६ जना आईसीयूमा, २ जना भेन्टिलेटरमा र १ जना आइसोलेसनमा छन् ।

प्रकाशित : आश्विन १५, २०७७ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?