पोखरा विश्वविद्यालयको उपकुलपतिमा अर्याल

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. प्रेमनारायण अर्याल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बुधबार नियुक्त गरेका हुन् । 

पोखरा विश्वविद्यालयको उपकुलपतिमा अर्याल

प्रतिपक्षी दल कांग्रेसको कोटाबाट नियुक्त भएका अर्याल उक्त विश्वविद्यालयका पाँचौं उपकुलपति हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्र संकायअन्तर्गत पाठ्यक्रम तथा मूल्यांकन विषयमा ३८ वर्ष प्राध्यापन गरी अवकाश लिएका थिए ।

प्रधानमन्त्रीले यसै साता नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. यादव लामिछाने र कृषि तथा वनविज्ञान विश्वविद्यालयको उपकुलपतिमा पुण्य रेग्मीलाई नियुक्त गरिसकेका छन् । उपकुलपतिसहितका पदाधिकारी नहुँदा विश्वविद्यालयका नियमित कामकाज, बजेट, पठनपाठन, परीक्षालगायतका शैक्षिक कार्यक्रम प्रभावित भएको गुनासो बढेको थियो ।


प्रकाशित : आश्विन १५, २०७७ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?