कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कलंकीमा रहेको चकलेट र जुस गोदाममा प्रहरीको छापा

दुई जना व्यापारी पक्राउ
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले कलंकीको एक घरमा चकलेट र ट्याङ्ग(जुस पाउडर) को गोदाममा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कलंकीको गणेशमान सिंह कलेजनजिकै छापा मारेर चकलेट र जुसको गोदाम नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार म्याद नाघेका सामान बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले गोदाममा छापा मारेको हो । प्रहरीले गोदामका सञ्चालक भारतीय नागरिक रौनक गोत्रा र आईएन डिस्ट्रिब्युटर्सका सञ्चालक पुष्पादेवी अग्रवाललाई पक्राउ गरेको छ ।

आईएन डिस्ट्रिब्युटर्समा लगानी गोत्राको भए पनि अग्रवालको नाम व्यवसाय दर्ता भएको पाइएको छ । गोत्रा कलंकी र अग्रवाल पुतलीसडकबाट पक्राउ परेका हुन् ।

अहिले प्रहरी टोली घर सामानको विवरण संकलन गरिरहेको छ ।

महाशाखाका अनुसार ५ वटा कोठामा म्याद नाघेका स्निकर ब्रान्डको चकलेट, ओरियो ब्रान्डको बिस्कुट, ट्याङ्ग जुस पाउडर राखिएको पाइएको छ । म्याद नाघेको सामान नक्कली स्टिकर बनाएर नयाँ मिति राख्नलाई गोदामभित्रै ५ जना मजदुरलाई काम लगाइएको पनि प्रहरीले बताएको छ ।

जनस्वास्थ्य र खाद्य गुणस्तरमा गम्भीर अपराध गरेको कसुरमा आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

गत साता मात्रै काठमाडौं प्रशासनले दैनिक उपभोग्य बस्तुलगायतका सामानको कालोबजारी, मिसावट, नाफाखोरी, जम्माखोरीमा संलग्नलाई कारबाही गर्न तीन छुट्टाछुट्टै मार्सल टिम गठन गरेको थियो ।

प्रकाशित : आश्विन १५, २०७७ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?