सशस्त्रका दुई जवानविरुद्ध बलात्कार आरोपमा जाहेरी

कान्तिपुर संवाददाता

बर्दिया — कैलालीको श्रीलंका पोस्टमा कार्यरत दुई सशस्त्र प्रहरी जवानविरुद्ध बलात्कार र यौन दुर्व्यवहार आरोपमा उजुरी परेको छ ।

१९ वर्षीया युवतीका ससुरा र १४ वर्षीयाकी आमाले दुवै जवानविरुद्ध इलाका प्रहरी कार्यालय राजापुरमा बुधबार जाहेरी दर्ता गराएका हुन् ।

भदौ १५ गते बिहान कर्णाली नदीमा माछा मारेर फर्कंदा १९ वर्षीया युवतीमाथि बलात्कार र उनकी बहिनीमाथि जबरजस्ती करणी उद्योग दाबीसहित उजुरी परेको डीएसपी मीन घलेले बताए ।

राजापुर–४, फत्तेपुरस्थित नर्सरीमा उनीहरूलाई बलात्कार र यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख छ ।

प्रकाशित : आश्विन १५, २०७७ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?