कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वामदेवबारेको मुद्दा हेर्दाहेर्दैमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यका लागि मनोनीत वामदेव गौतमको योग्यताबारे परेको मुद्दाको पेसी शुक्रबारका लागि हेर्दाहेर्दैमा तोकेको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैका लागि तोकेको हो ।

वामदेवबारेको मुद्दा हेर्दाहेर्दैमा

हेर्दाहेर्दैमा तोकिएपछि सोही इजलासले अर्को सुनुवाइ गर्नेछ । बुधबार दुवै पक्षले आ–आफ्नोतर्फबाट बहस गरेका थिए ।

निवेदक पक्षले नेकपा उपाध्यक्षसमेत रहेका गौतम राष्ट्रिय सभाका लागि योग्य हुन नसक्ने दाबी गरेको थियो भने सरकारी र गौतम पक्षले निर्वाचनबाट पराजित हुनुलाई अयोग्य हुनुका रूपमा बुझ्न नहुने तर्क गरेका थिए ।

प्रकाशित : आश्विन १४, २०७७ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?