१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ सय ९८ पुगेको हो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुग्यो

मन्त्रालयका अनुसार काठमाडौंमा २ महिला र १ पुरुष, सुनसरी, मोरङ, सप्तरी र रुपन्देहीमा १/१ पुरुषको मृत्यु भएको छ ।

संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशत शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।

नेपालमा बुधबार अपराह्नसम्म कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ । जसमध्ये ५६ हजार ४ सय २८ जना निको भएर घर फर्किसकेका छन् ।



प्रकाशित : आश्विन १४, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?