२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जघन्य अपराध तथा हिंसामा मिलापत्र गराएर ढाकछोप गर्ने जनप्रतिनिधिलाई निलम्बन गर्नुपर्ने माग

कान्तिपुर संवाददाता

काठमाडौँ — महिला र बालबालिका विरुद्ध हुने जघन्य अपराध तथा हिंसाका घटनालाई मिलापत्र गरेर ढाकछोप गर्ने जनप्रतिनिधिहरुलाई निलम्बन गर्नुपर्ने महिला सांसदहरुले माग गरेका छन् । उनीहरुले यस्ता घटनामा संलग्‍न जनप्रतिनिधिहरुको नाम सार्वजनिक गर्नुपर्ने पनि बताएका छन् ।

जघन्य अपराध तथा हिंसामा मिलापत्र गराएर ढाकछोप गर्ने जनप्रतिनिधिलाई निलम्बन गर्नुपर्ने माग

बुधबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले जनतालाई न्याय दिलाउनुपर्ने जनप्रतिनिधिहरु नै जघन्य अपराध तथा हिंसाका घटनाहरुलाई ढाकछाप गर्न लागि परेको बताइन् । उनले यस्ता घटना ढाकछोप गर्ने जनप्रतिनिधिहरुलाई सार्वजनिक गर्नुपर्ने बताइन् ।

'मिलापत्र गरेर मुद्दा ढाकछोप गर्नेको नाम सार्वजनिक गर्नुपर्छ, जनप्रतिनिधिलाई निलम्बित गर्नुपर्छ, म होस् अथवा जोकोहि होस् यस्तो कार्य गर्नेलाई निलम्बित गर्नपर्छ,' उनले भनिन् ।

यसैगरी महिला समिति सभापति निरुदेवी पालले पनि मिलापत्र गर्न प्रोत्साहन गर्ने, मिलापत्र गर्ने जोसुकैको नाम सार्वजनिक गर्नुपर्ने बताइन् । 'सार्वजनिक गर्ने व्यवस्था ल्याऔं, ताकि त्यसमा संलग्‍नले अर्का पटक ढाकछोप गर्ने हिम्मत नराखोस् र पिडकले थप पीडा दिने मौका नपा‌ओस्,' उनले भनिन् ।

प्रकाशित : आश्विन १४, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?