कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कोरोनाबाट बुद्धभूमि नगरपालिकाकी ५० वर्षीया महिलाको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — कोरोना संक्रमणबाट बुद्धभूमि नगरपालिका–१ पत्थरकोटकी एक महिलाको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज ४ गते भैरहवास्थित युनिभर्सल मेडिकल कजेल अस्पतालमा पुगेकी थिइन् ।

कोरोनाबाट बुद्धभूमि नगरपालिकाकी ५० वर्षीया महिलाको मृत्यु

स्वाब संकलन गरी परीक्षण गर्दा उनलाई ५ गते कोरोना पुष्टि भएको थियो । त्यहीँ उपचार गराइरहेकी ५० वर्षे महिलाको बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । अस्पतालका अनुसार ती महिला मधुमेह र उच्च रक्तचापको बिरामी थिइन् । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेकोछ ।


प्रकाशित : आश्विन १४, २०७७ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?