प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सञ्चारमाध्यमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले गरेका राम्रा काम नदेखेको र विरोध मात्रै गरेको भन्दै प्रधानमन्त्रीले सञ्चारमाध्यमको आलोचना गरेका हुन् ।
संघीय सरकार मातहतकै प्रहरीको भर पर्नुपर्ने गुनासो रहेका बेला गण्डकी प्रदेशमा अब आफ्नै प्रहरी राख्ने बाटो खुलेको छ । प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्नै लाग्दा बुधबारको प्रदेशसभा बैठकबाट प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित भएसँगै प्रहरी संगठन स्थापनामा सहज भएको हो ।
सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यका लागि मनोनीत वामदेव गौतमको योग्यताबारे परेको मुद्दाको पेसी शुक्रबारका लागि हेर्दाहेर्दैमा तोकेको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैका लागि तोकेको हो ।
घूस खुवाएर गोल्ड मेडल लिएको आरोपमा भक्तपुर बहुमुखी क्याम्पसका अध्यापक सुरेन्द्रप्रसाद कोइरालालाई विशेष अदालतले १४ महिना कैद र ४ लाख ५७ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना कामीको आठ दिनपछि अन्त्येष्टि गरिएको छ । सम्झनाका गाउँले र परिवारका सदस्यले सदरमुकाम चैनपुर नजिक सेती नदी र बाहुलीगाडको दोभानमा सम्झनाको शव गाडेर अन्तिम संस्कार गरेका हुन् ।
६ वर्षअघि नेपाल वायुसेवा निगमका लागि अनुदान र सहुलियतपुर्ण ऋणमा ल्याइएका ५ वटा चिनियाँ जहाज नउडाउने निर्णयमा अर्थ मन्त्रालयले ग्राउन्डेड गर्नुको कारणबारे सोध्दै फायल संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै निमगलाई फिर्ता पठाइदिएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ सय ९८ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी शुल्क लिने आठवटा निजी ल्याबले बुधबारसम्म सरकारले निर्धारण गरेकै शुल्कमा पीसीआर नगरे दर्ता खारेज गर्ने चेतावनी दिएको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९ सय २ जना कोरोना संक्रमित देखिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जना संक्रमित थपिएको जानकारी दिइएको हो ।
नेपालमा बुधबार १५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
बाँकेमा कोरोना संक्रमित एक महिलाको बुधबार मृत्यु भएको छ । नेपालगन्ज-१ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर १५ मिनेटमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले जानकारी दिए ।
सरकारको अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध छलफल गर्नका लागि कांग्रेसले संसद्को विशेष अधिवेशन माग गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफूपक्षीय पदाधिकारीसँगको छलफलमा संसद्को बिशेष अधिवेशनको आवश्यकता रहेको निष्कर्ष निकालेको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका-६ चिम्निटोलका २७ वर्षीय संगम भण्डारीको शव बाघले खाएको अवस्थामा फेला परेको छ । मंगलबार साँझ साथीहरुसँग घाँस काट्न भनेर जंगल गएका भण्डारी बेपत्ता भएका थिए ।
महिला र बालबालिका विरुद्ध हुने जघन्य अपराध तथा हिंसाका घटनालाई मिलापत्र गरेर ढाकछोप गर्ने जनप्रतिनिधिहरुलाई निलम्बन गर्नुपर्ने महिला सांसदहरुले माग गरेका छन् । उनीहरुले यस्ता घटनामा संलग्न जनप्रतिनिधिहरुको नाम सार्वजनिक गर्नुपर्ने पनि बताएका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिले बलात्कारमा संलग्न व्यक्तिहरूलाई कुनै पनि बहानामा छुट नदिन र अनुसन्धान तथा कारबाही नगर्ने प्रहरी अधिकारीलाई पनि कानुनको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
कञ्चनपुरको महाकाली नगरपालिका–९ का शंकर केसीसहित तीन जना कारगिलको द्रासस्थित भारतीय सेनाको पोस्टछेउमै बसेका थिए । अचानक पाकिस्तानी सेनाले प्रहार गरेको तोपको गोला आएर उनीहरू बसेभन्दा केही पर खस्यो । कान नजिकैबाट गोला गएपछि केसीको होसहवास उड्यो ।
कोरोना संक्रमणबाट बुद्धभूमि नगरपालिका–१ पत्थरकोटकी एक महिलाको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनी असोज ४ गते भैरहवास्थित युनिभर्सल मेडिकल कजेल अस्पतालमा पुगेकी थिइन् ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको प्रहरी महानिरीक्षक शैलेश थापाले बताएका छन् । 'सकभर अनुसन्धन छिटो निष्कर्षमा पुग्ने गरी काम भइरहेको' थापाले बताएका छन् ।
मलेसियामा एक जना नेपाली नागरिकलाई नै बन्धक बनाई रकम असुलेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरपुरका ४४ वर्षीय डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई दाङको पहरुवाका मध्म रैदासलाई अपहरण गरी फिरौती असुलेको आरोपमा नेपालको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको हो ।
गोरखा अस्पतालमा १८ महिनादेखि रोकिएको शल्यक्रिया सेवा मंगलबारबाट सुरु भएको छ । हाल अस्पताल सञ्चालन भइरहेको आवास गृहमा नै शल्यक्रिया कक्ष (अप्रेसन थिएटर) बनाई सेवा सञ्चालन गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।
पाँच महिनादेखि देशभर रोकिएको काठ ओसारपसार, संकलन तथा विक्रीवितरण खुला गर्न मन्त्रिपरिषद्ले वन तथा वातावरण मन्त्रालयलाई बाटो खोलिदिएको छ । सरकारले जेठ १५ मा रूख कटान, संकलन, ढुवानी र ओसारपसार तथा विक्रीमा रोक लगाई अनियमित हिसाबले काटिएका रूखबारे अध्ययन गर्न समिति बनाएको थियो ।
नेपाली कांग्रेसले आसन्न महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा ८० प्रतिशत पदमा निर्वाचन गर्ने भएको छ । सभापति, पदाधिकारीसहित ठूलो संख्यामा सदस्यहरूको निर्वाचन हुन लागेको यो पहिलोपल्ट हो ।
बुटवल–११ देवीनगरका उपेन्द्र शर्माका तीन छोराछोरी एक निजी विद्यालयमा कक्षा ३, ५ र ७ मा पढ्छन् । गत चैतमा परीक्षा दिएलगत्तै पहाडघर गुल्मी गएका उनीहरूलाई स्कुलले पटकपटक अनलाइन कक्षामा जोडिन आग्रह गर्यो ।
राष्ट्रिय सभामा मनोनित नेकपा उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि उठेको प्रश्नबारे सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा गठित ५ सदस्यीय इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।