सेवा सञ्‍चालन गर्न बाँकी क्षेत्रहरु सम्बन्धित मन्त्रालयको प्रस्तावपछि निर्णय लिइने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेवा सञ्‍चालन गर्न बाँकी क्षेत्रहरु सम्बन्धित मन्त्रालयको प्रस्तावपछि निर्णय लिइने

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ सम्बन्धी उच्चस्तरीय (सीसीएमसी) निर्देशक समितिले निषेधाज्ञापछि सेवा सञ्चालन गर्न बाँकी रहेका क्षेत्रहरु खोल्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गर्ने भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले कोभिड १९ का कारण रोकिएका बाँकी सेवाहरु पुन: सञ्‍चालन गर्ने सम्बन्धमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निष्कर्षमा पुग्ने निर्णय गरेको हो ।

बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका क्षेत्रहरु सूचारु गर्ने सम्बन्धमा अध्ययन गरी प्रस्ताव ल्याउने सम्बन्धमा निर्णय भएको बताए ।

उनले भने, ‘खोल्न बाँकी रहेका सेवाहरु सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ त्यसको खाका पनि लिएर आउने र फेरि त्यसमा पुन: छलफल गरेर निर्णयमा पुग्ने भन्ने निर्णय भएको छ ।’

बैठकले तेस्रो मुलुकबाट उद्धारको क्रम जारी रहेको अवस्थामा उद्धार कार्यलाई थप व्यवस्थित गर्ने निर्णय पनि गरेको छ । सचिव गुरागाईंले भने, ‘तेस्रो मुलुकबाट उद्धारको क्रम जारी रहेको अवस्थामा थप व्यवस्थित गरी थप उडानको व्यवस्था गरेर शीघ्र उद्धार गर्न बाँकी नेपाली नागरिकहरुको उद्धार गर्ने भन्ने निर्णय भएको छ ।’

बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई बढाउने निर्णयसमेत गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनामूूलक सन्देशहरु तयार गरेर विभिन्न सञ्चार माध्यमबाट प्रसारण गर्ने व्यवस्था गर्ने सम्बन्धमा समेत निर्णय भएको सचिव गुरागाईंले बताए ।

प्रकाशित : आश्विन १३, २०७७ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्

सम्झना कामीका हत्या आरोपी सार्वजनिक

वसन्तप्रताप सिंह

बझाङ — बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना कामीका हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । बलात्कार हत्या आरोपमा संलग्‍न रहेको भन्दै प्रहरीले मष्टा गाउँपालिका-२ का राजेन्द्र बोहरालाई मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

७ असोजमा मष्टा गाउँपालिका-२ खिकालाकी सम्झनाको बलात्कारपछि हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव स्थानीय सिममन्दिरभित्र अर्धनग्‍न अवस्थामा फेला परेको थियो ।

साथै राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको छ । सोही ठाउँकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको जाहेरी परेको परे‍को जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यो पनि पढ्नुहोस्ः

६ दिनसम्म उठेन सम्झनाको शव

प्रकाशित : आश्विन १३, २०७७ १९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×