३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सम्झना कामीका हत्या आरोपी सार्वजनिक

वसन्तप्रताप सिंह

बझाङ — बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना कामीका हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । बलात्कार हत्या आरोपमा संलग्‍न रहेको भन्दै प्रहरीले मष्टा गाउँपालिका-२ का राजेन्द्र बोहरालाई मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

सम्झना कामीका हत्या आरोपी सार्वजनिक

७ असोजमा मष्टा गाउँपालिका-२ खिकालाकी सम्झनाको बलात्कारपछि हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव स्थानीय सिममन्दिरभित्र अर्धनग्‍न अवस्थामा फेला परेको थियो ।

साथै राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको छ । सोही ठाउँकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको जाहेरी परेको परे‍को जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यो पनि पढ्नुहोस्ः

६ दिनसम्म उठेन सम्झनाको शव

प्रकाशित : आश्विन १३, २०७७ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?