१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सेती प्रादेशिक अस्पतालमा एक कोराना संक्रमितको मृत्यु

मोहन बुढाऐर

धनगढी — सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेकी एक कोरोना संक्रमित ६३ वर्षीया महिलाको मृत्यु भएको छ ।
अस्पताल प्रशासनका सूचना अधिकारी दिलिप श्रेष्ठले धनगढी वडा नम्बर १ बस्ने ती महिलाको उपचारको क्रममा सोमबार अपराह्न ४ बजे मृत्यु भएको बताएका छन् ।

सेती प्रादेशिक अस्पतालमा एक कोराना संक्रमितको मृत्यु

उनका अनुसरा मुटुमा र श्वासप्रश्वासको समस्याका कारण असोज ७ गते अस्पताल भर्ना भएकी उनमा असोज १० गते कोरोना पुष्टि भएको थियो । उनको आईसियूमा राखेर उपचार भइरहेको थियो ।

कैलालीमा उनीसहित मृतकको संख्या ८ जना कोरोनाबाट मृत्यु भएको छ । धनगढी उप–महानगरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । सु्दूरपश्चिमभरिमा मृतकको संख्या १६ पुगेको छ । कैलाली जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ३३ रहेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ४ सय ९१ रहेको छ । निको हुनेको संख्या १ हजार ८ सय ३५ रहेको छ ।


प्रकाशित : आश्विन १२, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?