काेराेनाबाट नेपालमा थप ४ जनाकाे मृत्यु, मृतककाे संख्या ४ सय ८१ पुग्याे- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काेराेनाबाट नेपालमा थप ४ जनाकाे मृत्यु, मृतककाे संख्या ४ सय ८१ पुग्याे

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार साेमबार २ जना महिला र २ जना पुरुष गरि ४ जनाकाे काेराेनाबाट मृत्यु भएकाे हाे ।

कोरोना संक्रमणबाट सुनसरीका ३८ वर्षीया र भक्तपुरका ५१ वर्षीया महिला रहेका छन् भने बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४ सय ८१ जना पुगेको छ ।

प्रकाशित : आश्विन १२, २०७७ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्

२४ घण्टामा ७ सय ४२ कोरोना संक्रमित निको भए

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ५४ हजार नाघेको छ ।

नेपालमा सोमबारसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ५४ हजार ६ सय ४० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् । आइतबार नेपालमा कोरोनाबाट ८ सय ८५ जना निको भएका थिए ।

यस्तै मुलुकभर कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ६ सय २४ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले सोमबारको मिडिया ब्रिफिङमा जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : आश्विन १२, २०७७ १६:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×