१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

प्रदेश २ मा स्थायी कर्मचारी भर्नाको बाटो खुल्यो

सन्तोष सिंह

धनुषा — प्रदेश २ सरकारले प्राविधिक कर्मचारी भर्ना गर्न प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको छ । सोमबार मन्त्रिपरिषद्‌को बैठकले प्रदेशमा प्राविधिक कर्मचारी नियुक्तिका लागि स्वीकृति दिएको हो ।

प्रदेश २ मा स्थायी कर्मचारी भर्नाको बाटो खुल्यो

बैठकले संघीय ऐन अनुसार प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवातर्फ सातौं तहसम्मका कर्मचारी भर्ना गर्न अनुमति दिएको हो ।

प्रदेश निजामती सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनको अधारमा भर्ना गर्न स्वीकृति दिएको छ ।

बैठकले लोकसेवा आयोगको ओएनएम पारित गरेको छ । आयोगको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको छ ।

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले स्थायी नियुक्तिको प्रक्रिया सुरु गरेको छ ।

प्रकाशित : आश्विन १२, २०७७ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?