डा. केसीको जीवनरक्षा गर्न अपिल



काठमाडौँ — अनशनमा रहेका डा. केसीको मागप्रति संवेदनशील हुन विभिन्न क्षेत्रका ३३ जनाले सरकारलाई आग्रह गरेका छन् । उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै डा. केसीको जीवनरक्षाका अपिल गरेका छन् ।

‘कोरोना संक्रमणको रोकथाम, संक्रमितको सरल परीक्षणका विषय हुन् वा मुलुकमा बढेको भ्रष्टाचार र विभिन्न प्रकरणमा उठेका सवालको छानबिन एवं तिनमाथि कारबाहीका लागि डा. केसीले राखेको मागप्रति संवेदनशील बन्न’ भनेका छन् ।
यसैबीच मानव अधिकार तथा शान्ति समाजले संवादमार्फत सहमति खोज्न सरकारलाई आग्रह गरेको छ ।























