समाचार

गाजियाबादबाट १८ जना नेपाली बालकको उद्धार

कोरोना महामारीका कारण साना नाकामा सुरक्षाकर्मीको निगरानी फितलो भएको मौका छोप्दै मानवतस्करहरुले विभिन्न प्रलोभन दिएर बालकहरुलाई भारतका विभिन्न सहरमा पुऱ्याउने गरेको तथ्य खुलेको छ ।

६१ वर्षमाथिको उमेर समूहमा संक्रमण बढ्नु चिन्ताको विषय

चैत ११ गतेदेखि लगाइएको लकडाउनलाई साउन ७ गतेबाट खुकुलो बनाइएको थियो । लकडाउन खुकुलो हुने अघिल्लो दिन साउन ६ गते कोरोना संक्रमितहरुको संख्या १७ हजार ९ सय ९४ रहेको थियो । त्यसमा पनि २० वर्षभन्दा कम उमेर समूहका २०.५ प्रतिशत संक्रमित थिए भने २१ देखि ४० वर्षसम्मको उमेर समूहका ६३.६ प्रतिशत संक्रमित थिए । यस्तै ४१–६० वर्ष उमेर समूहका १४.२ प्रतिशत संक्रमित हुँदा ६१ वर्षभन्दा माथि उमेर भएकाहरु केवल १.६ प्रतिशत मात्रै संक्रमित थिए ।

डा.केसीको स्वास्थ्य जटिल बन्दै, आईसीयू आवश्यक पर्नसक्ने

१५ दिनदेखि अनशनरत प्रा.डा.गोविन्द केसीमा देखिएको स्वास्थ्य जटिलताको तुरन्त व्यवस्थापनसँगै आईसीयूमा तत्काल स्थानान्तरण गर्नु पर्न सक्ने देखिएको छ ।  

कर्णालीका ३ उत्तरी नाकामा बीओपी राखिदै

सशस्त्र प्रहरी बलले चीनसँग सीमा जोडिएका कर्णालीका ३ नाकामा बोर्डर आउट पोष्ट (बीओपी) राख्ने भएको छ । हुम्लाको चाक्से (लिमी), मुगुको नाग्चेनाङ्ला र डोल्पाको तिन्जे नाकामा बीओपी राख्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सशस्त्रको सुर्खेतस्थित महेश्वरी बाहिनीले जनाएको छ । प्रमुख नाका हुम्लाको हिल्सामा भने असार ६ गते पोष्ट स्थापना भइसकेको छ ।

ओम्नीलाई तत्काल कालोसूचीमा नराख्नु : सर्वोच्च

सर्वोच्च अदालतले स्वास्थ्य सामग्री खरिदको अनियमितता र विवादमा मुछिएको ओम्नी बिजनेस  कर्पोरेट इन्टरनेसनल (ओबीसीआई)लाई तत्कालका लागि कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओबीसीआईलाई तत्कालका लागि कालोसूचीमा नराख्नु भनी आदेश जारी गरेको हो । 

पर्साका कोरोना संक्रमित स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु

पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाण्डाँैमा मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार महोत्तरी निवासी जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ५८ वर्षीय अहेब रामशिकल साहको सोमबार मृत्यु भएको हो ।

जडिबुटी खोज्‍न वनमै बास

मुगुमकार्मारोङ गाउँपालिकाका बासिन्दा जडिबुटी खोज्न जंगलमै बास बस्न थालेका छन् । कटुकी, भोल्तेलगायत जडिबुटी टिप्ने सिजन सुरु भएपछि स्थानीयबासी जंगलमै बास बस्न थालेका हुन् ।

सातवटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्न इजरायलसँग सम्झौता हुँदै

इजरायल सरकारको सहयोगमा नेपालका सातै वटै प्रदेशमा एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने तयारी भएको छ ।

सेती प्रादेशिक अस्पतालमा एक कोराना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेकी एक कोरोना संक्रमित ६३ वर्षीया महिलाको मृत्यु भएको छ । अस्पताल प्रशासनका सूचना अधिकारी दिलिप श्रेष्ठले धनगढी वडा नम्बर १ बस्ने ती महिलाको उपचारको क्रममा सोमबार अपराह्न ४ बजे मृत्यु भएको बताएका छन् ।

बाँकेमा होम आइसोलेसनमा रहेकी जाजरकोटकी कोरोना संक्रमितको मृत्यु

बाँकेमा होम आइसोलेसनमा बस्दै आएकी जाजरकोटकी कोरोना सक्रमितको मृत्यु भएको छ । नेपालगंन्ज मेडिकल कलेज कोहलपुरमा जाजरकोट जुनीचदी–५ की ७६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उपत्यकाको शान्ति सुरक्षा केन्द्र मातहत रहने गरी ऐन संशोधन

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको समग्र शान्ति सुरक्षा तथा अपराध अनुसन्धान र नियन्त्रणको काम नेपाल प्रहरीले हेर्ने गरी नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) सम्बन्धी ऐन संशोधन गरिएको छ ।

काठमाडौंका सीडीओ र प्रहरी प्रमुखमाथि कारबाही माग गर्दै डा. केसी समर्थकद्वारा आयोगमा उजुरी

डाक्टर गोविन्द केसीका समर्थकहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीविरुद्ध कारबाही माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

काेराेनाबाट नेपालमा थप ४ जनाकाे मृत्यु, मृतककाे संख्या ४ सय ८१ पुग्याे

पछिल्लो २४ घन्टामा नेपालमा थप ४ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ७ सय ४२ कोरोना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ५४ हजार नाघेको छ ।

नेपालमा थपिए १३ सय ५१ कोरोना संक्रमित, संक्रमितको संख्या ७४ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुगर मिल सञ्चालन र बक्यौता भुक्तानीको माग राख्दै उखु किसान आन्दोलित

रौतहटको गरुडा नगरपालिका-४ मा रहेको श्रीराम सुगर मिलको सञ्चालन र बक्यौता भुक्तानीको माग गर्दै उखु किसान आन्दोलनमा उत्रिएका छन् । सोमबार उनीहरुले गौर–चन्द्रनिगाहपुर सडक खण्ड बन्द गराएका छन् ।

गैरसरकारी संस्थामार्फत सञ्चालित योजनाको बजेटको विवरण उपलब्ध गराउन निर्देशन

संसदीय समितिले समाज कल्याण परिषद्लाई स्थापनाकालदेखि अहिलेसम्म गैरसरकारी संस्थामार्फत सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटको सालगत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

बालिका बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन अध्ययन गर्न समिति गठन

बालिका तथा महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका लागि महिला सांसदहरूले अध्ययन तथा सुझाव दिनका लागि कार्यदल गठन गरेको छ । नेकपा सांसद बिन्दा पण्डेको संयोजकत्वमा महिला सांसदहरूको ९ सदस्यीय समिति गठन भएको हो ।

नेपाल र ओमानबीचको श्रम सम्झौता अन्तिम चरणमा

नेपाल र ओमान बीच श्रम सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नेपालको तर्फबाट सम्पूर्ण काम भइसकेको छ भने अब ओमानले नेपालले पठाएको मस्यौदालाई अन्तिम रुप दिएर स्वीकृत दिन मात्र बाँकी रहेको छ ।

झापाका एक कोरोना संक्रमितको नोबेल अस्पतालमा मृत्यु

विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा उपचाररत झापाको गौरादह नगरपालिकाका कोरोना संक्रमित ५२ वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ ।

राष्ट्रपतिद्वारा एसिड आक्रमणसम्बन्धी अध्यादेश जारी

मन्त्रिपरिषद्को सिफारिसमा तेजाब आक्रमणका दोषीहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छिन् ।

प्रदेश २ मा स्थायी कर्मचारी भर्नाको बाटो खुल्यो

प्रदेश २ सरकारले प्राविधिक कर्मचारी भर्ना गर्न प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको छ । सोमबार मन्त्रिपरिषद्‌को बैठकले प्रदेशमा प्राविधिक कर्मचारी नियुक्तिका लागि स्वीकृति दिएको हो ।

धरानकी ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत धरान-२ की कोरोना संक्रमित ३८ वर्षीया महिलाको आइतबार मृत्य भएको छ ।

भरतपुर अस्पतालमा एक काेराेना संक्रमितको मृत्यु

कोरोना संक्रमण पुष्टि भएका एक जना मृगौला रोगीको सोमबार दिउँसो भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ घर भएका ५५ वर्षीय पुरुष रहेका छन् । दुवै मृगौलाले काम नगरेपछि उनले अस्पतालमा डायलाइसिस सेवा लिदै आएका पनि थिए ।

पौडेल पक्षले दर्ता गरायो ज्ञापनपत्र

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै ज्ञापनपत्र दर्ता गराएको छ । ज्ञापनपत्रमा महाधिवेशनलाई प्रभावित पार्न सभापति शेरबहादुर देउवाले विधान विपरित गरेका निर्णय सच्चाउन माग गरिएको छ ।

महिला सांसदहरु भन्छन्- बालिका बलात्कार गरी हत्या गर्नेलाई मृत्युदण्डको सजाय चाहियो

संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरूले बलात्कारका दोषीलाई मृत्युदण्ड दिने कानुन बनाउनका लागि पहल गर्नुपर्ने बताएका छन् ।

छानबिन समितिको प्रतिवेदन : ‘काठ आयात रोक्न बिक्री खुलाउनू’

सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत देशभरका सामुदायिक र साझेदारी वनमा काटिएका सालका काठको बिक्री साधारणसभाबाट निर्णय गराएर खुलाउन सुझाव दिएको छ । यसो गर्दा विदेशबाट सालका काठ आयात रोक्न सकिनेछ ।

त्रिविमा अनलाइनबाटै प्राध्यापक र सहप्राध्यापक छनोट

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पहिलोपटक अनलाइन माध्यमबाट प्राध्यापक छनोट गरेको छ ।विदेशी विज्ञसहितको छनोट टोलीले ५० वर्षभन्दा कम उमेरका प्रतिस्पर्धीमध्येबाट दुई प्राध्यापक र १६ सहप्राध्यापक छानेको हो ।  

विषाक्त रसायन भेटिएपछि थप ९ कम्पनीका स्यानिटाइजरको बिक्रीवितरणमा रोक

औषधि व्यवस्था विभागले थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्डविपरीतका रसायन मिसिएको पाइएकाले विभागले ती स्यानिटाइजरमा प्रतिबन्ध लगाएको बताएको छ ।