प्रधानमन्त्री ओली र दाहालबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री निकट स्राेतले मन्त्री हेरफेरबारे पार्टी कमिटी (सचिवालय)ले निर्णय गरेकोले साेही अनुसार तयारी भइरहेको बतायाे ।
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा बिहान छलफल भइरहेको छ । छलफलकाे विषय के हाे भन्नेबारे दुवै निकट स्रोतले थाहा नभएको बतायाे ।

प्रधानमन्त्री ओली र दाहालबीच बालुवाटारमा छलफल

एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठक १२ बजे बाेलाइएकाे छ । प्रधानमन्त्री निकट स्राेतले मन्त्री हेरफेरबारे पार्टी कमिटी (सचिवालय)ले निर्णय गरेकोले साेही अनुसार तयारी भइरहेको बतायाे ।

प्रधानमन्त्री र अध्यक्ष दाहालले मन्त्रिपरिषद् पुनर्गठनकाे मापदण्डबारे छलफल यसअघिकै भेटबाट सुरु भएको जानकारी दियाे । अध्यक्ष दाहालकाे सचिवालयले भने कसलाई मन्त्री बनाउने वा हटाउने भन्ने सूची तयार भइनसकेको जानकारी दियाे ।

प्रकाशित : आश्विन ११, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?