१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

डा. केसीकाे समर्थनमा उत्रिएका युवाहरु प्रहरी नियन्त्रणमा

तस्बिर : केशव थापा

काठमाडौँ — स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलामा युवाहरुले गरेको प्रदर्शनबाट प्रहरीले केही युवाहरुलाई नियन्त्रणमा लिएको छ  । प्रदर्शनबाट प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको हो ।

डा. केसीकाे समर्थनमा उत्रिएका युवाहरु प्रहरी नियन्त्रणमा

‘हामीले शान्तिपूर्ण प्रदर्शन सुरु गर्न लागेको एक मिनेटमै प्रहरीले समात्यो’, प्रहरी नियन्त्रणमा रहेका डा. केसीका सहयोगी प्रितम सुवेदीले भने । उनका अनुसार १७ जना नेपाल पुलिस क्लबमा रहेका छन् ।

हाल प्रहरीको नियन्त्रणमा रहेकाहरुमा पुकार वम, वृतान्त खनाल, सचिन तिमिल्सिना, विद्युत् लामिछाने, मनोज पुरी, अस्मिता शाह, सेरेन जोशी, चेतन बुढाथोकी, निश्छल आचार्य, रामकृष्ण रिजाल, रमेश बानियाँ, साजन तामाङ, रोहित क्षेत्री, उमेश शर्मा र श्रीराम घिमिरे छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शनकारीले नाराबाजी गर्दै ‘सच्चा ओली सडकमा, नक्कली ओली बालुवाटारमा’ लेखिएको ओलीको तस्बिर अंकित पोस्टरसहित युवाहरू प्रस्तुत भएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

डा. गाेविन्द केसीकाे समर्थनमा युवाहहरू 'हाम्राे स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीकाे साथमा', 'दूरदराजमा मेडिकल शिक्षा खै ?' लगायतका विभिन्न नारा लेखेका प्लेकार्डसहित प्रस्तुत भएका थिए ।

प्रकाशित : आश्विन १०, २०७७ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?