कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

प्रधानमन्त्री ओलीद्वारा यूएनलाई सुधार गर्न आग्रह 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघ (यूएन) लाई सुधारको लागि आग्रह गरेका छन् । ओलीले शुक्रबार न्यूयोर्कमा जारी यूएनको ७५ औं महासभाको सामान्य छलफलमा नेपालको सरकार प्रमुखको तर्फबाट सम्बोधन गर्ने क्रममा यूएनलाई अझ बढी कुशल, प्रभावकारी, समावेशी र पारदर्शी बनाउन सुधार गर्न आग्रह गरे । 

प्रधानमन्त्री ओलीद्वारा यूएनलाई सुधार गर्न आग्रह 

न्यूयोर्कस्थित यूएनका लागि नेपालको स्थायी नियोगद्वारा जारी विज्ञप्तिअनुसार ओलीले आफ्नो रेकर्ड गरिएको भिडियो सम्बोधनमा वर्तमान महामारीका कारण जीवन, जीविका, समाज र अर्थतन्त्रमा ठूलो प्रभाव पारेको बताए । उनले मानिसहरुलाई रोग र भोकबाट बचाउनु सरकारको सर्वोच्च कर्तव्य रहेको बताए ।

कोभिड–१९ भ्याकसिन खोपको विकास भएपछि सस्तो र सर्वव्यापी पहुँच सुनिश्चित गर्नु पर्ने आवश्यकतालाई पनि उनले जोड दिए । ‘गरिबी, हतियारको दौड, भूराजनीतिक प्रतिस्पर्धा, आतंकवाद, व्यापार तनाव, वैश्विक असमानता र प्रकोपजस्ता चुनौतीहरुका कारण विश्वका धेरै भागमा शान्ति र दिगो विकासको सम्भावना अपूर्ण आकांक्षा बनेको छ,’उनले भने,‘अदृश्य भाइरसले मात्र यो विकृतिको गम्भिरतालाई देखाएको छ ।‘

उनले पर्यटन र रेमिट्यान्समा अवरोध र आपूर्ति श्रृंखलामा अवरोधका कारण कम विकसित (एलडीसी) भूपरिवेष्ठित (एलएलडीसी) र साना सामुन्द्रिक टापुका कम विकसित (एसआईडी) जस्ता मुलुकहरुलाई बढी चुनौती थपिएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्र नीतिको उद्देश्यलाई औंल्याउँदै छिमेकी र अन्य सबै देशहरुसँग समानता, पारस्परिक सम्मान र न्यायका सिद्धान्तहरुको आधारमा सम्बन्ध विस्तार गर्ने कार्य प्राथमिकतामा रहेको बताए ।

प्रकाशित : आश्विन ९, २०७७ २२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?