कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करणीको आरोप लागेका गाउँपालिका अध्यक्ष पुर्पक्षका लागि थुनामा

टीकाप्रसाद भट्ट

काठमाडौँ — रामेछाप जबरजस्ती करणीको अभियोग लागेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

करणीको आरोप लागेका गाउँपालिका अध्यक्ष पुर्पक्षका लागि थुनामा

जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले शुक्रबार उक्त आदेश दिएको हो । गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीले आफूमाथि जबरजस्ती करणी गरेको खड्काविरुद्ध जाहेरी दर्ता गराएकी थिइन् । खड्काकाविरुद्ध परेका ३ वटामध्ये अन्य दुई मुद्दामा भने धरौटी माग भएको छ । खड्काविरुद्ध धोवी बजार सडक तथा नाला निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई शरीर बन्धक बनाएको मुद्दामा २ लाख र स्थानीय शेरबहादुर खड्काको जग्गा लेनदेनमा ठगी गरेको अभियोगमा ५० लाख धरौटी माग गर्ने फैसलासमेत इजलासले गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार अदालतले खड्कासँगै शरीर बन्धक मुद्दामा विपक्षी बनाइएका लालबहादुर तामाङलाई १ लाख धरौटी मागेको छ । पौडेलले अदालतको प्रक्रिया पूरा गरी खड्कालाई आजै रामेछाप कारागार चलान गर्ने तयारी रहेको बताए ।

शरीर बन्धक मुद्दामा दर्पण घिसिङको जाहेरीपछि पक्राउ परेका खड्काविरुद्ध जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका बेला थप दुई मुद्दा दर्ता भएका हुन् । प्रहरीले तीनवटै मुद्दा अनुसन्धानका लागि खड्कालाई २५ दिन थुनामा राखेको थियो ।

अनुसन्धान सकेर बयानका लागि अदालतमा पेस गरेको बेला कोरोना संक्रमण देखिएपछि अदालतले खड्कालाई थप १५ दिन प्रहरी हिरासतकै आइसोलेसनमा राख्न आदेश दिएको थियो ।

प्रकाशित : आश्विन ९, २०७७ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?