प्रहरी समायोजन नटुंग्याए अदालत जाने प्रदेश २ को चेतावनी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी समायोजन नटुंग्याए अदालत जाने प्रदेश २ को चेतावनी

अजित तिवारी

जनकपुर — एक साताभित्र प्रहरी समायोजनको काम नटुंग्याए संघीय सरकारविरुद्ध मुद्दा हाल्ने प्रदेश २ सरकारले चेतावनी दिएको छ । लामो समयदेखि अल्झिएको प्रहरी समायोजनको काम एक साताभित्र टुंग्याउन प्रदेशले शुक्रबार गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र लेखेको छ ।

प्रहरीको खटनपटन, कार्यसम्पादन, समन्वय र सुपरिवेक्षणको जिम्मेवारीलगायत प्रदेश सरकारलाई तोकिएको प्रहरी समायोजनको काम अझै नटुंगिएकोमा प्रदेश २ सरकार रुष्ट छ । समायोजन ऐनअनुसार प्रदेशमा खटिएका प्रहरीको कार्य सम्पादन र खटनपटन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई सुम्पिइको छ । ‘चैतमै समायोजन टुंग्याउनुपथ्र्यो, तर कोरोनालगायतको बहना बनाउँदै समायोजन प्रक्रिया अनावश्यक लम्ब्याइएको छ,’ मुख्यमन्त्री लालबाबु राउतले भने, ‘एक साताभित्र प्रहरी टुंगो नलागे हामी संवैधानिक अदालतमा मुद्दा हाल्छौं ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ माघमै प्रहरी समायोजन विधेयक प्रमाणीकरण गरिसकेकी छन् । प्रदेश २ सरकारले प्रदेश प्रहरी विधेयक अरू प्रदेशभन्दा पहिला पारित गरे पनि प्रहरी समायोजन ऐनलाई कुर्दै आफ्नो प्रहरी भर्ना थालेको छैन ।


प्रकाशित : आश्विन ९, २०७७ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्

पासोमा मृत बाघ फेला

कान्तिपुर संवाददाता

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वारानजिक पासोमा पारेर दुर्लभ पाटेबाघ मारेको पाइएको छ । निकुञ्जभित्रको ठाकुरबाबा–७ पकुवा गाउँमा चोरी सिकारीले बाघलाई पासो थापेर मारेका हुन् । कुहिएको अवस्थामा उक्त बाघ लम्कोइली फाँटामा फेला परेको हो ।

मारिएको पोथी बाघ करिब ५ वर्षको भएको अनुमान गरिएको छ । चोरी सिकारीले बँदेल, चित्तल मार्ने उद्देश्यले पासो थापेको हुन सक्ने र त्यसैमा परेर बाघ मरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए । महिनौं दिनसम्म पासोमा परेको बाघबारे थाहा नपाउनु सुरक्षा गस्ती फितलो भएको स्थानीय संरक्षणकर्मीले गुनासो गरेका छन् ।

प्रकाशित : आश्विन ९, २०७७ १९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×