२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

६ दिदीबहिनीलाई बालग्रामको जिम्मा

तृप्ति शाही

बैतडी — बैतडीको दशरथचन्द नगरपालिका–१० सत्पालीका अभिभावकविहीन ६ बालिकालाई काभ्रेको एसओएस बालग्रामले जिम्मा लिएको छ । काभ्रेको पनौतीबाट आएको बालग्रामका निर्देशक सुरेन्द्र अम्गाईं नेतृत्वको टोलीले उनीहरूलाई बिहीबार जिम्मा लिएको हो ।

६ दिदीबहिनीलाई बालग्रामको जिम्मा

भदौ २३ गते कान्तिपुर दैनिकमा ‘किशोरीको काँधमा पाँच बहिनीको जिम्मेवारी’ शीर्षकको समाचार प्रकाशित भएपछि बालिकाहरूलाई संरक्षण र सहयोग गर्न धेरै संघसंस्थाले चासो देखाएका थिए ।

बालग्राम नै सबैभन्दा उपयुक्त हुने स्थानीय प्रशासन, जनप्रतिनिधि र नागरिक समाजका अगुवाबीच छलफल भएपछि बालिकाहरूलाई पठाउने सहमति भएको हो । बिचल्लीमा परेका बालिकाहरूलाई संरक्षकत्व दिन पाउँदा खुसी लागेको बालग्रामका निर्देशक अम्गाईंले बताए ।

‘अब सबै जिम्मा हाम्रो भयो । हाम्रै छोरीसरह भएका छन्,’ उनले भने, ‘अन्य आवश्यकता पूरा गरी शिक्षा दिएर आफ्नै खुट्टामा उभिएपछि उनीहरूलाई यही समाजमा पठाउनेछौं ।’

बिदाइको क्षणमा बालिकाहरू रोइरहेका थिए भने गाउँले भावुक बनेका थिए । तीन वर्षअघि आमा मीनादेवी लावड बेपत्ता भएपछि त्यसको एक वर्षमा बुबा राजुरामको मृत्यु भएको थियो । १५ वर्षमुनिका ६ दलित परिवारका उनीहरू जीर्ण घरमा बस्दै आएका थिए ।

प्रकाशित : आश्विन ९, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?