कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

गण्डक ब्यारेजमा पानीको सतह उच्च, सतर्कता अपनाउन आग्रह

नवीन पौडेल

परासी — नारायणी नदीमा पानीको बहाब उच्च हुँदा गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचक भन्दामाथि पुगेको छ ।

गण्डक ब्यारेजमा पानीको सतह उच्च, सतर्कता अपनाउन आग्रह

बिहीबार दिउँसो ३ लाख १० हजार क्युसेक पानीको सतह पुगेको ब्यारेजमा अहिले ४ लाख १० हजार क्युसेक पानीको बहाब छ । गण्डक ब्यारेजका भू आर्जन अधिकृत तारा सिंहले पानीको बहाब उच्च भएकाले ब्यारेज खतराको लेबलमा पुगेको बताए ।

ब्यारेजले चालू वर्षमा चार लाख ४३ हजार सम्म पानीको बहाब बहन गरेको कारण खतराको लेबलमा नपुगेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

उनले तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

नारायणी नदीमा आएको बाढीका कारण जिल्लाको प्रातापपुर पाल्हिनन्दन सुस्ता क्षेत्र बाढीको उच्च जोखिममा छन् ।

प्रकाशित : आश्विन ८, २०७७ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?