वर्तमान अवस्थामा मानिसहरूलाई फेरि गरिबीमा नधकेल्नको लागि महत्वपूर्ण चुनौती : प्रधानमन्त्री ओली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्तमान अवस्थामा मानिसहरूलाई फेरि गरिबीमा नधकेल्नको लागि महत्वपूर्ण चुनौती : प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान स्वास्थ्य र आर्थिक संकटको बीचमा मानिसहरूलाई फेरि गरिबीमा नधकेल्नका लागि महत्त्वपूर्ण चुनौती रहेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघ (यूएन) को ७५ औँ महासभा अन्तर्गतको एक उच्चस्तरीय कार्यक्रममा रेकर्ड गरिएको भिडियोमार्फत सम्बोधन गर्दै दीगो विकास लक्ष्य सन् २०३० का एजेन्डा प्राप्त गर्नका लागि एक दशक बाँकी रहेको र गरिबी न्यूनीकरण गरिएको प्रगति समग्र विकास प्रयासहरूको मूल्याकंन गर्ने प्राथमिकताहरू हुनु पर्ने बताएका छन् ।

ओलीले ‘पोभर्टी एट अ क्रसरोडः युजिङ लिडरसिप एन्ड द मल्टिडाइमेसनल पोभर्टी इन्डेक टु बिल्ड ब्याक बेटर’ शीर्षकको उच्चस्तरीय कार्यक्रममा सम्बोधन गरेका हुन् ।

न्यूर्योकस्थित यूएनका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा नेपालको नीतिको लक्ष्य सबै किसिमको भेदभाव र अभावको अन्त्य गर्ने र समानता र सामाजिक न्यायमा आधारित आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने रहेको बताए ।

सम्बोधनका क्रममा ओलीले 'कोही पनि भोको नहोस् र कोही पनि भोगो मर्न नपरोस्' भन्नेमा सरकार प्रतिबद्ध रहेको बताएका थिए । उनले नेपालले गरिबीलाई बहुआयामिक तरिकाबाट हेर्ने बताएका थिए । विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले गरिबी, अशिक्षा र बेरोजगारी घटाउने सरकारको लक्षित कार्यक्रमबारे पनि धारणा राखेका थिए ।

प्रकाशित : आश्विन ८, २०७७ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्

गण्डक ब्यारेजमा पानीको सतह उच्च, सतर्कता अपनाउन आग्रह

नवीन पौडेल

परासी — नारायणी नदीमा पानीको बहाब उच्च हुँदा गण्डक ब्यारेजमा पानीको सतह खतराको सूचक भन्दामाथि पुगेको छ ।

बिहीबार दिउँसो ३ लाख १० हजार क्युसेक पानीको सतह पुगेको ब्यारेजमा अहिले ४ लाख १० हजार क्युसेक पानीको बहाब छ । गण्डक ब्यारेजका भू आर्जन अधिकृत तारा सिंहले पानीको बहाब उच्च भएकाले ब्यारेज खतराको लेबलमा पुगेको बताए ।

ब्यारेजले चालू वर्षमा चार लाख ४३ हजार सम्म पानीको बहाब बहन गरेको कारण खतराको लेबलमा नपुगेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

उनले तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

नारायणी नदीमा आएको बाढीका कारण जिल्लाको प्रातापपुर पाल्हिनन्दन सुस्ता क्षेत्र बाढीको उच्च जोखिममा छन् ।

प्रकाशित : आश्विन ८, २०७७ २१:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×