१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अपांगता भत्ता कटौती नहुने

काठमाडौँ — स्थानीय तहहरुमा सामाजिक सुरक्षा भत्ता कटौती भइरहेको गुनासो आइरहेका बेला महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भत्ता कटौती नहुने प्रस्ट पारेको छ । 

अपांगता भत्ता कटौती नहुने

मन्त्री पार्वत गुरुङले अपांगता भएकाहरूले पाउँदै आएको भत्ता कटौती नहुने बताएका हुन् । ‘अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सामाजिक सुरक्षा भत्ता कहीं कतै कटौती भएको भए त्यसलाई वितरण गर्न पुन: गृह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गर्दै छौं,’ उनले भने ।

अपांगताको अवस्थाका आधारमा परिचयपत्र वितरण नमुना कार्यविधि ०७५ अनुसार पूर्ण अशक्त अपांगतालाई ‘क’ वर्गको रातो, अति अशक्तलाई ‘ख’ वर्गको नीलो, मध्यम अपांगतालाई ‘ग’ वर्गको पहेंलो र सामान्य अपांगतालाई ‘घ’ वर्गको सेतो परिचयपत्र दिइन्छ । पञ्जीकरण विभागका अनुसार रातो कार्डवालाले तीन हजार र नीलो कार्डवालाले एक हजार ६ सय रुपैयाँ मासिक भत्ता पाउँछन् ।

राष्ट्रिय अपांग महासंघ नेपालले बिहीबार आयोजना गरेको अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी नियमावली–२०७७ सम्बन्धी भर्चुअल छलफलमा बोल्दै सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका हुन् । मन्त्री गुरुङले खाद्यान्न, सहायक सामग्रीमा समस्या भए जानकारी गराउन अपांगता भएका व्यक्ति तथा संघसंस्थाहरुलाई आह्वानसमेत गरेका छन् ।

प्रकाशित : आश्विन ८, २०७७ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?