२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

कपिलवस्तु ११ बनगाईकी ७० वर्षीया महिलाको बिहीबार साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।

असोज ३ गते अस्पताल आएकी ती महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा उपचारमा राखिएको थियो । स्थिति जटिल बनेपछि बिहीबार बिहान ती महिलालाई भेन्टिलेटरमा सारिएकोमा साँझ साढे ५ बजे मृत्यु भएको हो ।

अस्पतालका फोकल पर्सन डा थापाका अनुसार मृतक महिलामा दम, मिर्गौला र रगतमा खराबी थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?