कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना रिपोर्ट नेगेटिभ आएपछि काममा फर्किए ऊर्जामन्त्री पुन

काठमाडौँ — निजी सुरक्षा गार्डलाई कोरोना देखिएपछि शुक्रबारदेखि होम आइसोलेसनमा बसेका ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बिहीबारदेखि काममा फर्किएका छन् ।

कोरोना रिपोर्ट नेगेटिभ आएपछि काममा फर्किए ऊर्जामन्त्री पुन

बुधबार गरिएको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि मन्त्री पुन मन्त्रालयको नियमित काममा फर्किएको उनको सचिवालयले जनाएको छ ।

ऊर्जामन्त्रीका अंगरक्षकलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । अंगरक्षकलाई कोरोना पुष्टि भएपछि मन्त्री पुनले ५ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गराएका हुन् ।

प्रकाशित : आश्विन ८, २०७७ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?