गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

नवीन पौडेल

नवलपरासी पश्‍चिम — लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछि नेपाल भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो ।

गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

नदीमा बुधबार साँझंबाट प्रतिसेकेन्ड तीन लाख १० हजार क्युसेक पानीको सतह पुगेपछि ब्यारेजका ३६ वटा ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए । बिहीबार बिहान ९ बजे ब्यारेजमा तीन लाख १० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । तीन लाख क्युसेक प्रतिसेकेन्ड पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले सबै ढोका खोलिएको सिहंले बताए ।

निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले ४ देखि ५ लाख क्युसेक प्रतिसेकेन्ड मात्र भार बहन गर्न सक्ने अनुमान छ । नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ । अहिले नारायणी नदीमा ८ दशमलव ७ मिटर पानीको सतह छ । नारायणी नदीमा ८ मिटर पुगेपछि खतराको सूचक मानिन्छ ।

प्रकाशित : आश्विन ८, २०७७ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?