कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

'कोरोनाको जोखिम सकिएर लकडाउन खोलिएको होइन, सचेत रहौं'

काठमाडौँ — सरकारले कोरोनाको संक्रमण घटेकाले लकडाउन र निशेधाज्ञा नहटाएको भन्दै सचेत रहन सार्वजनिक अपिल गरेको छ । सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका हुन् ।

'कोरोनाको जोखिम सकिएर लकडाउन खोलिएको होइन, सचेत रहौं'

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञवालीले नेपालमा कोरोना भाइरसको संक्रमण उच्चतम बिन्दुमा नै नपुगिसकेकाले सचेत हुनुपर्ने अवस्था रहेको बताए ।

'नेपालमा कोरोना भाइरसको संक्रमण अझै उच्च बिन्दुमा पुगिसकेको छैन । उच्चतम बिन्दुमा पुगेर ओह्रालो लागिसकेको छैन,' मन्त्री ज्ञवालीले भने, 'व्यवसाय, कारोबार खुला गरेको विषयलाई कतै पनि जोखिम कम भएको रूपमा नबुझिदिनुहोला ।'

अर्थतन्त्र गतिशील होस् र दैनिक जीवन सहज होस् भनेर लकडाउन र निशेधाज्ञा हटाइएको उनको भनाइ थियो । 'चाडबाड आउन लागेकाले स्वास्थ्य मापदण्डको अनिवर्य पालना गरिदिनुहुन आग्रह गर्दछौं,' उनले भने ।

कोरोनाबाट सजग रहँदै व्यवसाय र दैनिक जीवन सहज बनाउँदै जानुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : आश्विन ७, २०७७ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?