कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गोरखा नगरपालिबाट सेवा लिन एकतला माथिको 'टप'मा सेवाग्राही

सेवाग्राही भन्छन्, ‘काम भयो-भएन बुझ्न गएको हुँ ।’
हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिकाको एक तला माथिको टपबाट झ्यालको अगाडि उभिएर जोखिमसाथ सेवा लिइरहेको तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्‍जालमा विभिन्‍न टीकाटिप्पणी भएका छन् । मंगलबार एक महिलासहित ३ सेवाग्राही झ्यालमा उभिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको गोरखा नगरपालिकाले पनि स्वीकारेको छ । 

गोरखा नगरपालिबाट सेवा लिन एकतला माथिको 'टप'मा सेवाग्राही

जोखिमसाथ सेवा दिनु नगरपालिकाको लापरबाही भएको भन्दै चर्को आलोचना गरिएपछि नक्सापास शाखाका इन्जिनियर प्रकाश ढकालले सेवाग्राही जबरजस्ती झ्यालमा गएको बताए । ‘तस्बिरमा देखिएको जस्तो खासै असजिलो छैन, त्यो झ्यालमा चढ्न मिल्ने सजिलो ठाउँ छ,’ ढकालले भने, ‘झ्यालबाट सेवा दिएको होइन, सेवाग्राही आफूखुसी गएका हुन् ।’

नक्सापास शाखामा सेवा लिन उभिएकामध्ये एकजना गोरखा–३ नारेश्वरकी तारा सुनार थिइन् । भूकम्पले भत्काएको घर पुनर्निर्माण सकेकी तारा सम्पन्नता प्रमाणपत्र लिन बिहान १०.३० बजे नगरपालिका पुगेकी थिइन् । ‘पसल बन्द गरेर नगरपालिका गएको थिए, हतारमा भएकाले काम भए/नभएको हेर्न एकैछिन झ्यालमा चढेको थिएँ,’ उनले भनिन्, ‘कसले तस्बिर लियो पत्तो पाइनँ ।’ करिब एक घन्टा कुरेपछि सम्पन्नताको प्रमाणपत्र लिएर घर फर्केको उनले सुनाइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले कोभिड १९ का कारण सेवाग्राहीलाई मुलढोकाबाटै सेवा दिने गरेको दाबी गरेका छन् ।

‘मुलढोकामा सम्बन्धित सेवाग्राहीको फाइल लिएर सम्बन्धित शाखामा प्रोसेसिङ गरी काम सकेर मुल गेटमै फाइल ल्याउने व्यवस्था गरेका छौँ', पन्तले भने, ‘कुनै पनि सेवाग्राहीले झ्यालबाट सेवा लिनुपर्ने अवस्था छैन ।’ मंगलबार सार्वजनिक भएको फोटो भुइँतलाकै रहेको उनले बताए । ‘फोटो साइडबाट खिचिएको रहेछ, त्यो एक तलामाथि नभइ ग्राउण्ड फ्लोरकै हो,’ उनले भने ।

प्रकाशित : आश्विन ६, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?