उपत्यकामा २४ घन्टामा थप ६ सय ४७ कोरोना संक्रमित - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकामा २४ घन्टामा थप ६ सय ४७ कोरोना संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ४७ जना कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना संक्रमित देखिएको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

२४ घन्टामा ११ हजार १ सय ५४ पीसीआर परीक्षण गरिएको छ ।

२४ घन्टाको अवधिमा सोमबार ६ सय ७४ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

पछिल्लो २४ घन्टमा देशभर १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म ६६ हजार ६३२ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८२३ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ महिला र १ जना पुरुषको मृत्यु भएको बताए । उनका अनुसार मृतकमा काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोकका ५० वर्षीया महिला रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ४९ हजार ७७ परीक्षणहरु गरिएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ७१ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ जना रहेको छ ।

प्रकाशित : आश्विन ६, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्

२४ घन्टामा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, ८ सय २३ जना डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ६६ हजार ६३२ संक्रमितको संख्या पुगेको जनाए ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८२३ रहेको छ । यो सँगै हालसम्म कोेरोना संक्रमण निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

२४ घन्टामा ११ हजार १ सय ५४ पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ४९ हजार ७७ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ७१ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ जना रहेको छ ।

थप २ को मृत्यु

कोरोना संक्रमणबाट २४ घन्टामा थप २ को मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा १ जना महिला र १ जना पुरुष रहेको बताए । उनका अनुसार मृतकमा काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोकका ५० वर्षीया महिला रहेका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४२९ पुगेको छ ।



स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


प्रकाशित : आश्विन ६, २०७७ १६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×