कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१५ अस्पतालबाट गरिब तथा विपन्नले आकस्मिक सेवा निःशुल्क पाउने

काठमाडौँ — गरिब तथा विपन्न वर्गले १५ वटा सरकारले तोकेका अस्पतालबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने भएका छन् ।

१५ अस्पतालबाट गरिब तथा विपन्नले आकस्मिक सेवा निःशुल्क पाउने

गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरुबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७७ जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।

काठमाडौँ उपत्यकामा त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र गंगालाल राष्ट्रिय हृदय केन्द्रमा यो व्यवस्था गरिएको छ ।

त्यसैगरी उपत्यका बाहिर कोसी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, डडेलधुुरा अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई मन्त्रालयले प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क कार्यक्रमको लागि छनौट गरेको छ ।

मन्त्रालयले कार्यक्रमको सुरुवातमा सम्बन्धित अस्पतालहरुलाई केही बजेट पेश्कीको रुपमा दिइनेछ भने खर्च रकम सोधभर्नाको लागि पेश गर्दा इकाइ मूल्य स्वास्थ्य बीमा बोर्डको अधिकतम मूल्य भन्दा बढी हुनु नहुने जनाएको छ ।

यस कार्यक्रमको अनुगमन तथा निरीक्षण संघ र प्रदेशका सम्बन्धित निकायहरुले आवश्यकता अनुसार कम्तीमा वर्षमा दुई पटक गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएकोे छ । कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरलगायत केही अस्पतालले यो सेवा सुरु गरिसकेका छन् ।

प्रकाशित : आश्विन ६, २०७७ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?