कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१६ वर्ष उमेर समूहमा मानसिक समस्या बढी : स्वास्थ्य अनुसन्धान परिषद्

काठमाडौँ — नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक सर्वेक्षणले १६ वर्षका उमेर समूहका (७.७) प्रतिशत किशोर–किशोरीमा बढी मानसिक समस्या रहेको देखाएको छ । सोमबार परिषदले राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्दैे किशोरीमा ५.३ प्रतिशत र किशोरमा ५ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको देखिएको जनाएको छ ।

१६ वर्ष उमेर समूहमा मानसिक समस्या बढी : स्वास्थ्य अनुसन्धान परिषद्

प्रदेशतगत विवरण हेर्दा सबैभन्दा बढी प्रदेश १ का किशोरकिशोरीमा मानसिक समस्या (११.४ )प्रतिशत रहेको सर्वेक्षणमा भनिएको छ ।

सर्वेक्षणले ५.२ प्रतिशत किशोरकिशोरी मानसिक समस्या रहेको, ०.६ प्रतिशतमा किशोर किशोरीमा उदासिनता, ३.९ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको उल्लेख गरेको छ।

सर्वेक्षणमा आएको परिणाम अनुसार १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालमा कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ ।

त्यसैगरी ६.५ प्रतिशत वयस्कमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र १.१ प्रतिशत वयस्कले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ । प्रदेशगत विवरण हेर्दा वाग्मती प्रदेशको वयस्कमा सबैभन्दा धेरै अर्थात ५.९ प्रतिशतमा हालमा मानिसमा समस्या रहेको देखिएको छ ।

वयस्क उमेर समूहभित्रका महिला र पुरुषको तुलना गरेर हेर्दा ५.९ प्रतिशत महिलामा र ३.४ प्रतिशत पुरुषमा मानसिक समस्या रहेको पाइएको छ ।

परिषदले जनवरी २०१९ देखि जनवरी २०२० सम्म नेपालका सातै प्रदेशमा गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा जम्मा १५ हजार ८८ जनामा सर्वेक्षण गरिएको थियो । जसमध्ये ९२०० जना १८ वर्ष माथिका वयस्क थिए भने ५ हजार ८८८ जना १३ देखि १७ वर्ष सम्मका किशोरकिशोरी थिए ।

सर्वेक्षण अनुसार २३ प्रतिशत वयस्कले आफूमा लक्षण देखिएपश्चात चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखिएको छ । कसैले जोखाना हेर्न, पूजाआजा र धामीझाँक्री लगाउने गरेको पनि पाइएको छ । धेरैले मानिसले आफूलाई 'पागल' भन्ने डरले, आफ्नो समस्या कहाँ गएर समाधान गर्ने भन्ने जानकारी नहुने, यस्तो समस्या आफै निको हुन्छ होला भन्ने सोचाइले चिकित्सको परामर्शका लागि नजाने भनी सर्वेक्षणले निष्कर्ष निकालेको छ ।

प्रकाशित : आश्विन ६, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?