कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डा.केसीलाई काठमाडौं पठाइयो

केसी भन्छन्, ‘हिंसा र तोडफोड हुने डरले काठमाडौं जान तयार भएँ’ 
एलपी देवकोटा

जुम्ला — स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई काठमाडौं पठाइएको छ । दुई दिनदेखि अस्पतालमा भए पनि कुनै उपचार लिन नमानेका केसीलाई सोमबार दिउसोको समिट एयरमार्फट नेपालगञ्ज लगिएको छ ।

डा.केसीलाई काठमाडौं पठाइयो

केसीसँग उनको नियमित स्वास्थ्य जाँच गर्दै आएका डा.प्रवीण गिरी पनि छन् ।

१९ औं सत्याग्रहको आठौं दिन सोमबार सोमबार डा. केसी नेपालगञ्जकै भेरी अस्पतालमा रहने उनका सहयोगीले बताएका छन् । केसीले काठमाडौं पुगेर पनि सत्याग्रह जारी राख्ने बताएका छन् ।

चिकित्सा शिक्षामा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल संचालन गरिनुपर्ने माग राखी चन्दननाथ– ६ रानीचौरस्थित बाविरामष्टको मन्दिरमा अनसनरत डा.गोविन्द केसीलाई शनिबार राति प्रहरीले जर्बजस्ती अस्पताल पुर्‍याएको थियो । आफूलाई जर्बजस्ती अपहरण शैलीमा ल्याइएको भन्दै केसीले कुनै पनि उपचार लिन मानेका थिएनन् ।

यसअघि जुम्लामा सत्याग्रह गर्दा हिंसा र तोडफोड मच्चाइएको भन्दै यसपालि पनि हुनसक्ने भन्दै आफू काठमाडौं जान तयार भएको उनले बताएका छन् । आठ दिनसम्म जुम्लामै सत्याग्रह गरेका केसीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर सत्याग्रह जारी राख्न विज्ञप्तिमा जनाएका छन् । उनले जुम्लामा रहेर सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन् । अहिलेसम्म सरकारी पक्षबाट कुनै वार्ताको पहल नभएको भन्दै सबै माग पूरा भएपछि मात्रै सत्याग्रह टुंगिने पनि उनले बताएका छन् ।


प्रकाशित : आश्विन ५, २०७७ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?