कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कीर्तिमानी आरोही शेर्पाको निधनमा प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

काठमाडौँ — कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका शेर्पाको निधनले आफूलाई अत्यन्त दु:खित तुल्याएको बताएका छन् ।

कीर्तिमानी आरोही शेर्पाको निधनमा प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

प्रधानमन्त्रीले ट्विटरमार्फत दिवंगत आरोही शेर्पालाई श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ' बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दु:खित तुल्याएको छ। यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ।'

हिउँचितुवाका नामले परिचित आरोही आङरिता शेर्पाको सोमबार बिहान काठमाडौंको जोरपाटीस्थित आफ्नै निवासमा निधन भएको हो ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन ५, २०७७ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?