३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गृहकार्यका लागि भन्दै नेकपा सचिवालय बैठक स्थगित

सोमबार अध्यक्षद्वयबीच बालुवाटारमा छलफल हुने

काठमाडौँ — सोमबार दिउँसो बस्ने तय भएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठक मंगलबार साढे १२ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

गृहकार्यका लागि भन्दै नेकपा सचिवालय बैठक स्थगित

दुई अध्यक्षले थप गृहकार्य गर्नुपर्ने भएकाले बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोमबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल हुने भएको छ ।

आइतबार कोटेश्वर पेरिसडाँडास्थित नेकपाको जनवर्गिय संगठनको कार्यालयमा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो । सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने नीतिगत सहमति भएको बैठकपछि प्रवक्ता श्रेष्ठले बताएका थिए । बैठकमा मन्त्रिपरिषद् कसरी पुनर्गठन गर्ने भन्ने विषयमा विभिन्न विकल्पमा छलफल भएको थियो ।

मंगलबार बस्ने बैठकमा संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने, पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीको रिक्त रहेको सदस्यहरूको पदपूर्ति र कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटी सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्नेलगायतका एजेन्डा तय भएका छन् ।

प्रकाशित : आश्विन ५, २०७७ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?