१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

कोरोनाबाट २४ घन्टामा काठमाडौंका ३ महिलासहित १० जनाको मृत्यु 

काठमाडौँ — कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो । प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ६ जना महिला र ४ जना पुरुष रहेको बताए ।

कोरोनाबाट २४ घन्टामा काठमाडौंका ३ महिलासहित १० जनाको मृत्यु 

मृतकमा काठमाडौँका ३ जना रहेका छन् । ४० वर्षीया, ६० वर्षीया र ६३ वर्षीया महिलाको मृत्यु भएको हो ।

ललितपुरका ७५ वर्षीय, भक्तपुरका ७२ वर्षीय र पाल्पाका ४० वर्षीय महिलाको कोरोना संक्रमणले मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा चितवनका ८० वर्षीय, रुपन्देहीका ६७ वर्षीय, धुनषाका ७६ वर्षीय र काठमाडौँका ८२ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४११ पुगेको छ ।

प्रकाशित : आश्विन ४, २०७७ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?