कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

'बञ्‍चरे डाँडा ल्याण्डफिल साइट दसैंअघि नै'

तस्बिर : दीपक केसी

काठमाडौँ — सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट निर्माणको काम दसैं अगाडि नै सम्पन्‍न हुने बताएका छन् ।

'बञ्‍चरे डाँडा ल्याण्डफिल साइट दसैंअघि नै'

काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित ल्याण्डफिल्ड साइट निर्माणको काम दसैं अगाडि नै सम्पन्‍न हुने राज्यमन्त्री मानन्धरले बताए । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए ।

कोरोनाका कारण जारी भएको लक डाउनका कारण समस्या देखिएपनि दसैंअगाडि नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उनले बताए ।

ल्याण्डफिल्ड साइट निर्माण आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताए । बर्खाको समय र लकडाउनका कारण केही ढिला भएपनि अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए । ल्याण्डफिल्डसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडी बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्नेगरी अगाडी बढिरहेको उनले बताए ।

आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लकडाउन खुलेपछि रफ्तारमा काम अगाडि बढिरहेको बताए । असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कार्तिक पहिलो हप्ता सबै काम सम्पन्न गर्नेगरी अगाडी बढिरहेको उनले बताए ।

बन्चरे डाँडामा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । बन्चरेडाँडामा ल्याण्डफिल्ड साइट निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि वर्षौंसम्म फोहोर व्यवस्थापन गरिँदा ल्याण्डफिल्ड साइट भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।

प्रकाशित : आश्विन ४, २०७७ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?