२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डा.केसीलाई तत्काल अस्पताल लैजान चिकित्सकको सुझाव

केसी अस्पताल जान मानेनन्
एलपी देवकोटा

जुम्ला — चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशन बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था छैटौं दिन बिग्रदै गएपछि चिकित्सहरुले तत्कालै अस्पताल लैजानुपर्ने सुझाव दिएका छन् । डा.केसीलाई २४ सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानन्तर गर्नु पर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रवीणकुमार गिरीले बताए ।

डा.केसीलाई तत्काल अस्पताल लैजान चिकित्सकको सुझाव

डा.केसी अनशन बसेको छैटौं दिनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भने प्रतिष्ठानको चिकित्सकको टोलीले दिनमा ३ पटक सामान्य स्वास्थ्य जाँच गरी अस्पताल जान परामर्श दिएका छन् । तर केसीले भने अस्पताल जान र नशाबाट सलाइन लिन मानेका छैनन् ।

डा.केसीलाई अहिले चक्कर लाग्ने, मांसपेशी बाउडिने, मुटुको चालमा गडबढी हुने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने भएको छ । पिसाबको मात्रामा कमी भएको र ब्लड प्रेसर क्रमिकरुपमा घट्दै गएको चिकित्सकहरुले जनाएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने सहितका मागहरु राखेर डा.केसीले जुम्लामा सत्याग्रह थालेका हुन् । डा.केसीको अनशनस्थलमा गएर एक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै गएको छ ।

प्रकाशित : आश्विन ३, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?