कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

उपत्यकामा २४ घन्टामा थप ७ सय ११ कोरोना संक्रमित 

काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा नयाँ ७११ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  

उपत्यकामा २४ घन्टामा थप ७ सय ११ कोरोना संक्रमित 

२४ घन्टामा १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएका छन् ।

२४ घन्टाको अध्यावधिक विवरणअनुसार शुक्रबार उपत्यकामा ८ सय ५९ कोरोना संक्रमित देखिएका थिए । सोही अवधिमार ११ हजार ४ सय ५८ पीसीआर परीक्षण गरिएकामा काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको दिएको थियो ।

देशभर भने २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ४७ जना डिस्चार्ज डिस्चार्ज भएका छन् ।

प्रकाशित : आश्विन ३, २०७७ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?