कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा.केसीको जीवनरक्षा गर्दै जायज माग पूरा गर : कांग्रेस

काठमाडौँ — चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनशनरत डा.गोविन्द केसीको जीवनरक्षा गर्दै जायज मागहरु पूरा गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

डा.केसीको जीवनरक्षा गर्दै जायज माग पूरा गर : कांग्रेस

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगतदेखि नै सत्याग्रहमा सरिक अभियन्ता डा.गोविन्द केसीको पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको भन्दै कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

०७५ साउन १० गते प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसँग सरकारले गरेको सम्झौता त्यही वर्षको माघमा सरकारले उल्लंघन गरेको नजिर नदोहोर्‍याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि कांग्रेसले सरकार समक्ष माग गरेको छ ।

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान देखि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानसम्मको माग अघि सारेर अनशनरत डा. केसीसँग संवाद गरेर उनको जीवनलाई जोखिमबाट जोगाउँदै जायज मागहरु पूरा गर्न कांग्रेसले संघीय सरकार र कर्णालीको प्रदेश सरकार दुवैलाई अपिल गरेको छ ।

प्रकाशित : आश्विन ३, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?